परिचय कुनै छैन मेरो
           तर
 समाजबाट पाएको एक
     उपनाम मात्र छ
         "पागल",
 म कुनै मानसिक
         रोगी हैन
 न त म कुनै मायामा
 घाइते भाएको प्रेमी नै हू
           तर पनि
  समाजले मलाई उपनाम
  दिएको छ "पागल"।



मेरो कुरा सुन्ने त धेरै हुनछन
          तर
सबैजना मात्र क्षणभरको
एकछिन सुनेर आंशुका दुई
 थोपा झारेर
 फेरी भनि हिड़छन आफनो
 बाटो " कठै बरा कस्तो
 बिजोग लाग्दो रैछ त्यो पागल ।"



मनमा मेरो पनि थियो देशभक्ति
र देशप्रेमको भावना,
मैले पनि उठाएको थिए
राष्ट्रनिर्माणको नारा,
        तर
मेरो प्रेम र प्रयास लाई
दबाउने थुप्रै प्रयत्न गरियो
         तर
मैले हार नमान्दा मलाई
उपनाम पुरस्कृत
गरियो " पागल"।



यति देशप्रेमको भाव राख्नु नरम्रो हो,
यति राष्ट्र निर्माण गर्नु उचित हैन
               र
 राष्ट्रको सेवामा तल्लिन हुनु
 यति राम्रो हैन भने,
 हो मलाई मेरो यस
 प्रदान गरिएको उपनाम सुइकृत छ,
 हो म पागल नै हो,
 देशलाई प्रेम गर्ने पागल ,
 देशलाई विकास भएको हेर्न खोज्ने पागल,
 हो म पागल नै हो
            र
 मलाई दिइएको यस उपनाममा
 कुनै गुनासो नै छैन
 किनकी एक सच्चा राष्ट्र प्रेमीले
 पाउने एक उचित नाम नै हो "पागल"।





 



© PRAVESH 2019

पागल

परिचय कुनै छैन मेरो
           तर
 समाजबाट पाएको एक
     उपनाम मात्र छ
         "पागल",
 म कुनै मानसिक
         रोगी हैन
 न त म कुनै मायामा
 घाइते भाएको प्रेमी नै हू
           तर पनि
  समाजले मलाई उपनाम
  दिएको छ "पागल"।



मेरो कुरा सुन्ने त धेरै हुनछन
          तर
सबैजना मात्र क्षणभरको
एकछिन सुनेर आंशुका दुई
 थोपा झारेर
 फेरी भनि हिड़छन आफनो
 बाटो " कठै बरा कस्तो
 बिजोग लाग्दो रैछ त्यो पागल ।"



मनमा मेरो पनि थियो देशभक्ति
र देशप्रेमको भावना,
मैले पनि उठाएको थिए
राष्ट्रनिर्माणको नारा,
        तर
मेरो प्रेम र प्रयास लाई
दबाउने थुप्रै प्रयत्न गरियो
         तर
मैले हार नमान्दा मलाई
उपनाम पुरस्कृत
गरियो " पागल"।



यति देशप्रेमको भाव राख्नु नरम्रो हो,
यति राष्ट्र निर्माण गर्नु उचित हैन
               र
 राष्ट्रको सेवामा तल्लिन हुनु
 यति राम्रो हैन भने,
 हो मलाई मेरो यस
 प्रदान गरिएको उपनाम सुइकृत छ,
 हो म पागल नै हो,
 देशलाई प्रेम गर्ने पागल ,
 देशलाई विकास भएको हेर्न खोज्ने पागल,
 हो म पागल नै हो
            र
 मलाई दिइएको यस उपनाममा
 कुनै गुनासो नै छैन
 किनकी एक सच्चा राष्ट्र प्रेमीले
 पाउने एक उचित नाम नै हो "पागल"।





 



© PRAVESH 2019

No comments:

Post a Comment