आज (गजल)


सपनाहरु सबै सकार र पुरा हुदाहुदै पनि किन एक्लोपन महशुश भएको आवश हुदै छ आज ,
दुनियाको सबै सुखको अनुभुती लिएर पनि किन होला आफैको अगाडी निरास हुन पुगेको छ आज ।



लेख्नको लागी थुप्रै वस्तु भएतापनि किन होला शब्द विहीन हुन पुगेको छु आज,
माया र्गने मान्छे आफु सामु भएतापनि किन होला उसको अगाडी शब्द विहिन छु आज।


दुनियाको अगाडी लडाकुको रुपमा रहेको म किनहोला आफ्नै मनको दोन्धमा होमीन पुगेको छु आज,
मित्रहरू त धेरै बनाए तर एकाएक सबैको नजरमा दोषी हुन पुगेको छु आज।



सपनाहरू थुप्रै लिएर हिडेको मान्छे म तर जिवन किन त्याग्ने चाहना हुदै छ आज,
जिवनमा थुप्रै पाइलाहरू हिडी रहेको मलाई किन होला आफ्नो आमाको काखमा रहेर आरम र्गन मन हुदै छ आज।


© PRAVESH 2019

No comments:

Post a Comment