सकिन(गजल)



लेख्ने मन हुँदाहुँदै पनि मैले यस समाजको अगाडी आफ्नो कलम उठाउन सकिन,
बाँच्ने मन हुँदाहुँदै पनि भगवान् सामु आफ्नो जीवनको भिख माग्न सकिन।



किन हो अाझ म सामु थुप्रै प्रश्नहरु भएता पनि म त्यसको जवाफ दिन सकिन,
तिमीबाट आफै टाढिए ता पनि अझ खैं किन एक्लै बाँच्न सकिन।



हाँस्न त हाँसियो थुप्रै तर मन बाट त कहिल हाँस्न सकिन,
मित्र हरु त थुप्रै बनाए तर एकपनी असल बनाउन सकिन।



आज लेख्न त थालेछु तर किनहोला पाठकहरु जुटाउन  सकिन,
मनमा थुप्रै पिडाहरु हुँदाहुँदै पनि  तिमीजस्तो जस्तो एक असल साथी  
पाउन सकिन।।।

© PRAVESH 2019

No comments:

Post a Comment